Ads (728x90)

नारी छोरी हो ,श्रीमती हो अनि आमा हो । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। आमा एउटा सन्तानको लागी कसरी मेटिन सक्छे। साधारण टाउको दुख्यो जोरो आयो भने त्यसलाइ हामिले सजिलो रूपमा लिन्छौ र सिटामोल को भरमा परेर टाउको दुख्न छोड्यो भनेर हल्का महसुस गर्छौ तर त्यसको नतिजा कस्तो हुन्छ ? हामी केहि सोच्दैन ? त्यो टाउको दुखाइ ले ज्यान सम्म पनि लिन सक्छ। अनि सन्तानको बियोगमा एउटि आमा कसरी मेटिन्छे यहि सेरोफेरोमा रहेको सर्ट मुवि रिलिज भएको छ सपना। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन ,रामेश्वर हुमागाइको छायांकन ,ओम प्रसाइ को सम्पादन रहेको सर्ट मुवि सपना मा मुख्री भुमिकामा सपना लामिछाने र बालकलाकार रियान्स उप्रेती को अभिनय रहेको छ भने बिमर्स केसि ,राम शरण खत्री को पनि अभिनय रहेको छ। एन एच एस मिडिया को युटुव च्यानल मार्फत सर्ट मुवि सपना लाइ रिलिज गरिएको छ।