Ads (728x90)

'तिमीले मायामा सबै थोक पायौ मैले चाहिं गुमाए, जितेर खुसी छैनौ रे तिमी म त हारेरै रमाए' पि. एन. पि. मिडियाको प्रस्तुती गायिका बसन्ती लामाको स्वर, तिर्थ दाहालको शब्द अनि बाबुल गिरीको सुमधुर संगीतमा 'तिमीले मायामा' बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ। निकै नै मर्मस्पर्शी शब्द भएको यस गीतमा संचारकर्मी शर्मिला गुरुङ्गका साथमा नायक/मोडल सुनिल गुरुङ्ग र सोनु पुमाको अभिनय रहेको छ। पाउनु मात्र माया हैन त्याग नै सबै भन्दा ठुलो माया हो भन्ने भाव बोकेको यस भिडियोलाई निर्देशक रायन कार्कीले निर्देशन गरेका हुन्। आमा बाबुको करकापमा आफ्नो प्रेमीलाई छाडेर मागी बिवाह गर्नु परेको बाध्यता भिडियोमा देखाइएको छ। मत्छे नारायण श्रेष्ठको छायाँकन र दिपक बिस्टको सम्पादन रहेको भिडियोलाई पि. एन. पि. मिडिया प्रा. लि. ले प्रोडक्सन गरेको हो।