Ads (728x90)


काठमाडौँ, पूर्वकी चर्चित लोकगायिका अन्जु गौतमको तीज कोशेली 'बरी लै' एल्बमको टाईटल गीतको म्युजिक भिडियो बजारमा आएको छ  भानु ओलीको शब्द र संगीतमा 'बरी लै' बोलको गीतमा गायिका अन्जु गौतमको आवाज रहेको छ ।  गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ।

गायिका अन्जुको एल्बम 'बरी लै' बाट तीज गीत 'शिरैमा शिरफुल' र 'छमछम चुरी' यस अघि नै सार्वजनिक भैसकेका छन् । याम गुरुङको कोरियोग्राफ रहेको यस म्युजिक भिडियोमा बिना लोप्चन, मन्जु मगर, ज्योती खड्का र साथीहरुले अभिनय गरेका छन्  । ओम प्रसाईको छायांकन र सम्पादनमा तयार भएको उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।

भिडियो हेर्नुहोस् :