'अपाङ्गता भएका मानिसहरुले भोग्ने गरेको आम समस्या लाई मध्यनजर गर्दै डिडस पिक्चर्सले एउटा लघु-चलचित्र बनाएको छ। अज्ञात लुइँटेल, रस्मिता पाठक र दिपा नेपालको मुख्य भुमिका रहेको उक्त लघु-चलचित्रमा दृष्टिविहिन मानिसहरूले भोग्न सक्ने समस्या र त्यसले पार्ने असरलाई देखाउन खोजिएको छ। एक दृष्टिविहिनलाई लिएर समाजमा कस्तो प्रकारको घटना घट्न सक्छ भनेर साह्रै चोटिलो ढङ्गले प्रस्तुत गरिएको छ। "पहिलो प्रयास स्वरुप हामिले दृष्टिविहिनको मुद्दा लाई उठाएका छौ, अब आगामी दिनहरुमा हामी अझै अरु पनि मुद्दा लाई उठाउने छौ" डिडस पिक्चर्सका व्यवस्थापक नब राज गौतमले जानकारी दिए । सत्य घटनामा आधारित रमेश गजुरेलको उक्त कथालाई डिडस गजुरेलले निर्माण तथा निर्देशन गरेका हुन् ।