गितकार शंकर अधिकारी घायल र संगीतकार केदार मल्ल खोज्दैछ्न, बुद्धले शान्ती छरेको देश, अञ्जुलीमा माया भरेको देश एक मीठो घट्ना को याद जोडिएको कुरा बताउछ्न संगीतकार तथा निर्देशक केदार मल्ल ।यो गित २०७२साल बैसाख १२ गते छायांकन को क्रममा थियौ हामी साखुमा अचानक जमिन हल्लिन थाल्यो हामिले केही सोच्न सकेनौ पछि थाहा भुक्मप गएको रैछ। भुकम्प ले चारैतिर तहस नहस बनाए पछि हामिले नि एक बर्ष पर्खियौ यो गित रिलिज गर्न।
हिमालले सोधी रैछ पहाड्ले खोजी रै छ तराइले पर्खी रै छ बुद्धले शान्ती छरेको देश। शंकर अधिकारी घायलको गित केदार मल्लको संगीत र निर्देशन र आवाज सोनि कार्की , गौरव गिरि र प्रमोद बयलकोटी को आवाज रहेको यो देश प्रेम गितमा अभिनय भने बिजय थापा,रिचा थापा,लगायत को अभिनय रहेको यो भिडियो लाई लुम्बिनी मुवि मेकर्स ले निर्माण गरेको छ ।
साच्चै आज देश को बिधमान यथार्थ बोकेको छ यो गितले आज फेरि अर्को बुद्ध खोजी रै छ देशले ।यो गितको मर्म अनुसार देश मा अमन चयन कायम होस हाम्रो सुभकामना छायांकन ,टंक के सि सम्पादन बिकास ज्ञवालीको रहेको छ